अञ्जलीलाई धोका दिए दिनेशले

काठमाण्डौं, चैत्र २० । तेजनेपाल

लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत सार्वजनिक भएको छ ‘हत्ते नहाल’ ।

दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको यस गीतलाई आधुनिक शैलीमा फ्यूजन गर्दै तयार पारिएको लोक दोहोरी गीत हो ।

लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएका गायक थापासँगै गायिकाद्वय आचार्य र वलीको सहकार्यमा यो गीतलाई सार्वजनिक गरिएको हो ।

गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतको म्यूजिक भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारीको फिचर्ड गरिएको छ ।

अनिल के. मानन्धरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

भिडियोलाई गायक दिनेश थापाकै अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *