कुलतमा नफसौ भन्ने सन्देशमा ‘दुई दिने जीवन’ सार्वजनिक

काठमाण्डौं बैशाख २१ २०७८ । तेजनेपाल

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ ।

युवापुस्तालाई लक्षित गरी बनाईएको गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ ।

यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर, दीवाकर हित्त्लेरको शब्द रहेको छ भने गीतको एरेन्ज बिशाल गुरुङले गरेका हुन् ।

युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजिएको म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई फिचर्ड गरिएको छ ।

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामांगको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशक चन्दकै सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *