कलाकार संघका अध्यक्ष खडका विकास बोर्डको कल्याणकोषमा मनोनयन

काठमाण्डौं बैशाख २१ २०७८ । तेजनेपाल

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा अभिनेता रबीन्द्र खड्कालाई नेपाल सरकारले चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकोषको सञ्चालक समितिको सदस्य पदमा मनोनित गरेको छ ।

कलाकार खड्कालाई दुई वर्षका लागि उक्त पदमा मनोनयन गरिएको हो ।

यो कोषले चलचित्रकर्मीको हितमा विभिन्न कार्यहरु गरिरहेको छ ।

खासगरी आर्थिक अवस्था कमजोर भएकाहरुलाई औषधि उपचारका लागि चलचित्र विकास बोर्डले सिफारिस गर्ने कार्य गर्दछ ।

यो कोषको संयोजकमा वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषाल छिन् ।

यसैबीच कलाकार संघका अध्यक्ष रबीन्द्र खड्काले आफूलाई चलचित्रकर्मी कल्याण कोषको सदस्य पदमा नियुक्त गरिएकोमा विकास बोर्डप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

खड्काले लेखेका छन्– ‘विकास बोर्ड कलाकार कल्याण कोषमा रहि चलचित्रकर्मीका हितमा विशेष गरि आर्थिक कमजोर भएकालाई औषधि उपचारलाई बोर्ड, नेपाल सरकारलाई सिफारिस गर्ने कार्यमा सफल मूल्यांकनमा पुनः परेछु ।’

‘दुई वर्षका लागि समयावधि थपको पत्र पाएकोमा विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्यसचिव महेन्द्र प्रसाद शाखी तथा कोषका संयोजक चलचित्रकर्मी बसुन्धरा भुषाललगायत सबैमा हार्दिक आभार, खड्काले लखेका छन्–‘सदा झैँ इमान्दारितापूर्वक आफ्ना चलचित्रकर्मीका लागि खट्नेछु । यो विषम परिस्थितिमा कोहि पनि बाहिर नस्किनु होला । आफू र समाजलाई बचाऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *