गायक प्रेमध्वज प्रधानको निधन

काठमाण्डौं बैशाख २३ २०७८ । तेजनेपाल

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

प्रधानका ‘घुम्तीमा न आऊ है’, ‘पर लैजाऊ फूलहरु’, नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, ‘नमन लाज यसरि’, ‘गोरेटो त्यो गाउँको’, ‘राजमती कुमति’ तिमीलाई अचेल कहाँ भेटौंलगायतका गीतहरु चर्चित छन् ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो ।

उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे ।

उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

‘मलाई भाउजूले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको निधन भएको हो । म अस्पताल आइपुगेको छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *