चर्चा कमाउँदै किरण गजमेर

काठमाण्डौं बैशाख २५ २०७८ । तेजनेपाल

किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्, कारण हो ‘दि भ्वाइस अफ नेपाल’ सिजन-३ मा उनले दिएको प्रस्तुति ।

ब्लाइण्ड अडिसनमा चारै जना जजलाइ आफुतिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृष्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेश गरेका छन ।

‘दि भ्वाइस अफ नेपाल’ सिजन-३ मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए ।

लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका गजमेर भन्छन ‘म जहाँ रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन’ ।

रियालिटी शोमा सहभागी हुनकै लागि नेपाल आएका उनी नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

उनका ठुली ठुली, छपक्कै, मै बनाउला माली, समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *