नायिका आशा भुसालले बांडिन राहत, लकडाउनका कारण अप्ठेरोमा गरिन परेकालाई सहयोग

काठमाण्डौ, जेठ २४ । तेजनेपाल
पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्टको रोकथामको लागि गरिएको लकडाउनका कारण सबै नेपालीलाई बाच्नलाई गाह्रो भएको अवस्था छ एकातिर छ भने अर्कोतिर रोगबाट बाच्ने की भोकबाट भन्ने अन्योलमा भएका नेपाली जनताहरुमा आशाका किरणहरु एक्दमै काम पलाएको अवस्था छ ।

अझै दैनिक ज्याला मजदुरी गरेर दिनका दिन एक छाक खान पनि गाह्रो हुने अप्ठेरो अवस्थाका कारण सत्ताको दाउमा मात्र केन्द्रित सरकारले ब्यक्तिहरुलाई राहत प्रदान गर्न सकेको छैन । कोरोनाको महामारीको यो बिषम परिस्थितिमा पनि सरकार भ्रष्टचार गर्नमै ब्यस्त छ ।

कतिपय ब्यक्तिहरुलाई बिहान खाए बेलुका के खाँउ, बेलुका खाए बिहान के खाँउ भन्ने अवस्था पनि छ । यस्तो अवस्थामा ति भोका नांगा, पिडित ब्यक्तिहरुलाई कसैले राहत प्रदान गरेका छैनन् । सोही कुरालाई मध्य नजर गर्दै कलाकार आशा भुसालले ५० हजार बराबरको आफ्नै लगानीमा खाधान्न सामग्री खरिद गरेर बितरण गरेकी छिन् । नेपाल सरकारले कानमा तेल हालेर बसेको भएर दु:खी गरिबहरुको अवस्था देखेर माया लागेर आफ्नै लगानीमा यो अभियान सुरु गरेको कुरा आशा भुसालले जानकारी गराईन् ।

अझै कोही ब्यक्तिहरुलाई अप्ठेरो परेको खण्डमा फेरी पनि राहत बितरण गर्ने कुरा उनले बताईन् । साथै यस अभियानमा सबैले साथ सहयोग गरिदिनका लागी भुसालले अनुरोध पनि गरेकी छिन ।

आशा भुसाल विगतमा नेपाली चलचित्रहरु सुनपानी, दुश्मनी लगायत थुप्रै चलचित्र र धेरै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् ।

आशा भुसालले सुनपानी चलचित्रबाट लाखौ दर्शकहरुको मन जित्न सफल भएकी थिईन् । नेपाल सरकारले गर्न नसकेको काम गरेकोमा आशा भुसाललाई बधाई दिदै यस अभियानलाई निरन्तरता अगाडी बढाउनका लागी हाम्रो तर्फबाट शुभकामना ब्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *