फ्रन्टलाइनमा खटिएका राष्ट्रसेवकको सम्मानमा सुमिनाको भित्ते आर्ट

काठमाण्डौ, जेठ २४ । तेजनेपाल
कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि गरिएको निषेधाज्ञा जारी छ ।

यसका विरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मी दिनरात नभनिकन खटिइरहेका भएको छ । यस्तै सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत फ्रन्ट लाइनमा काम गर्ने देशका कर्मठ राष्ट्रसेवकहरु पनि सोही रुपमा खटीरहेका छन ।

उहाँहरूको सम्मानमा केही आर्टिष्टहरूले भित्ते आर्ट सुरु गरेका छन ।

टाटु आर्टिष्ट तथा सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ शेर्पाले भित्ते आर्ट शुरु गरेका हुन ।

सोमबार रत्नपार्कको आकाशे पुलको भित्तामा आर्ट गर्दै यो अभियान शुरु गरिएको छ ।

यो अभियान व्यक्तिगत खर्चमा उहाँहरूले शुरु गर्नुभएको हो ।

काठमाडौंका अन्य ठाउँमा पनि यस्तो आर्ट गरिने सुमिनाले बताईन ।

सुमिना फाइन्ट आर्टको विद्यार्थी हुन भने टाटु आर्टिष्टमा चर्चित छिन ।

यस्तै उनले कार्टुनिष्टका रुपमा पनि आफूलाई प्रस्तुत गर्दै आएकी छिन ।

यसरी दिनरात नभनिकन खटिने राष्ट्रसेवक प्रती तेजनेपाल टिमको तर्फबाट पनि हृदयदेखी नै सम्मान व्यक्त गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *