यूरो कप-२०२० आजदेखि शुरु, रातिको १२:४५ मा टर्की र इटालीबीच पहिलो खेल

काठमाण्डौ, जेष्ठ २८ । तेजनेपाल

४ वर्षको अन्तरालमा हुने यूरो कप-२०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ ।

इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै यूरो कप-२०२० को औपचारिक सुरुवात हुनेछ ।

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेलमा दुबै टोलि पहिलो जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यसपटक यूरो कप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ ।

प्रतियोगिता प्रारम्भ भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ ।

जुलाई ११ मा सम्पन्न हुने यूरो कपमा २४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

यूरो कप-२०२० मा सहभागी राष्ट्रहरु र समुहको सुची:

समूह ए

इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी

डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी

नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी

इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई

स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ

हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *