वेल्सलाई ४-० ले हराउँदै डेनमार्क क्वाटर फाइनलमा प्रवेश

काठमाण्डौ, असार १२ । तेजनेपाल

युरो कप २०२० को प्रि-क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ ।

नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले हराएको हो ।

खेलको २७ औँ मिनेटमा १८ यार्ड बाहिरबाट उत्कृष्ट गोल गर्दै कास्पर डोलबर्गको गोलमार्फत डेनमार्कले अग्रता बनाएको थियो ।

४८ औँ मिनेटमा डोलबर्गले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा डेनमार्कले २-० ले अग्रता लियो । दोस्रो हाफमा डेनमार्कले पुनः दुई गोल थप्यो ।

८८ औँ मिनेटमा जोएकिम माएलेले र मार्टिन ब्रेथवेटले अतिरिक्त समयमा गोल गर्दा डेनमार्कले खेल ४-० ले आफ्नो पक्षमा पार्‍यो ।

वेल्सले अब नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *