युरो २०२० को गोल्डेन बुट क्रिस्टियानो रोनाल्डोलाई

काठमाण्डौ, असार २८ | तेजनेपाल

इटालीले इङल्याण्डलाई हराँउदै उपाधि जितेसंगै १६ औँ संस्करणको युरो २०२० समाप्त भएको छ ।

अहिले विश्वभर चलिरहेको विषम परिस्थितिका कारण एक वर्षपछि सरेको युरोकप पहिलो पटक ११ देशमा आयोजना गरिएको थियो ।

एक महीनाभर चलेको युरोमा कुल ५१ खेलको फाइनलमा अपराजित रहदै इटलीले उपाधि जित्दासम्म गोलको कीर्तिमान समेत बन्यो ।

सर्वाधिक गोलकर्ताका रुपमा क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले यो प्रतियोगितामा ५ गोल गर्न सफल भएका थिए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् ।

रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए ।

रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रो स्थानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *