युरोकपको सर्वोत्कृष्ट खेलाडी बने इटालीका गोलकिपर जियानलुइजी

काठमाण्डौ, असार २८ | तेजनेपाल

इटालीले उपाधि जितेसंगै गोलकिपर जियानलुइजी डोनारुम्मा युईएफए युरो २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् । उनले नै आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई हराउन निर्णायक प्रर्दशन गरेका थिए ।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर समेत बनेका छन् ।

जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका छन । उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *