गायक शशान कंडेलको ‘ॐ शिव ॐ’को ट्रिजर सार्वजनिक

काठमाण्डौ, श्रावण ५ | तेजनेपाल

साउन लागिसकेको छ । साउन महिनालागे संगै महादेवको महिमा सुरु हुने क्रम बढ्दो छ ।

साउन सुरु भए संगै महादेवको महिमा गाउने क्रम शुरु भएको छ भने गीत, भजन तथा भिडियो निर्माण हुने क्रम पनि बढ्दो छ ।

गत साल कोरोना र लकडाउनका कारण म्युजिक भिडियो बन्ने र सार्वजनिक हुने क्रम कमै भएपनि यस पटक केही भिडियो सार्वजनिक हुने क्रम बढेको छ ।

यसै बीच गायक शशान कंडेलले पनि केही फरक प्रस्तुतिका साथ आफ्नो नयाँ भजन दर्शक सामु ल्याउने भएका छन ।

सांगितिक यात्राको क्रममा सबै खाले गीतहरु दर्शक श्रोता माझ पस्कदै आएका गायक कंडेलले भजनलाई पनि केही प्र्थक रुपमा केही समय अघिदेखि प्रस्तुत गर्दै आइरहेका छन ।

हालै ‘ॐ शिव ॐ’ शिर्षक रहेको भजनको ट्रिजर उनले आफ्नै अफिसियल युट्युब मार्फत सार्वजनिक गर्दै अफिसियल भिडियो चांडै नै दर्शक सामु ल्याउने तयारी भईरहेको कुरा तेजनेपाललाई बताए ।

साथै यस् अघि आफ्नो सबै गीत, भजनहरुले पाएको माया, दर्शकको साथ अझै बढ्ने कुरामा आफु विश्वस्त रहेको र यो माया र साथको लागि हृदयदेखि नै आभार व्यक्त गर्दै भविष्यमा पनि दर्शक श्रोताकै मनमा बस्ने कामहरु गर्दै जाने पतिबद्धता जाहेर गरे ।

गीतमा गायक कंडेलको स्वर, सिन्चुरी सुरेश घमालको शब्द र महेश ज्ञवालीको संगीत रहेको छ भने एरेन्ज सञ्जय हमालको रहेको छ ।

उनी गायक मात्र नभईकन एक सफल भिडियो निर्देशक पनि हुन । उनले अहिलेसम्म दर्जनौ चर्चित भिडियोहरु दर्शक श्रोतामाझ पस्किसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *