साउन ३१ बाट कक्षा १२ को परीक्षा हुने (तालिका सहित)

काठमाण्डौँ, साउन ६ | तेजनेपाल

कोरोना(कोभिड–१९) सङ्क्रमणका कारण स्थगित भएको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट सुरु गरिने भएको छ ।

परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । मङ्गलबार बसेको बोर्डको बैठकले परीक्षाको कार्यतालिकालाई स्वीकृत गरेको छ ।

बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न सीसीएमसी सित अनुमति मागेको थियो ।

बोर्डले जारी गरेको एक सूचनाअनुसार सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र पर्ने गरी विद्यार्थीले परीक्षा लिन पाउने व्यवस्था गरिएको छ ।

विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिइने जानकारी बोर्डले दिएको छ ।

कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

(समाचार गोरखापत्र दैनिकबाट सभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *