टोकियो ओलम्पिकको भव्य उद्घाटन, नेपालले ४ खेल खेल्ने

काठमाण्डौँ, साउन ८ | तेज नेपाल

विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन भएको छ ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *