शंखरापुर नगरपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाण्डौं, साउन २५ | तेजनेपाल

ॐ श्री त्रिकुटा गुरुधाम नेपालद्वारा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको वडा नं.५ बिश्वम्भरा स्थित खण्डादेवी मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा विभिन्न जडिबुटी सहित रुद्राक्ष वरपिपलको बिरुवाहरु सहितको बृक्षारोपण गरिएको थियो ।

उक्त बृक्षारोपण कार्यक्रम प्रमुख अतिथिमा शंखरापुर न पा वडा नं ५ को वडा अध्यक्ष शेर गम्बिर थापाको उपस्थिति रहेको थियो भने अतिथिहरुमा त्रीकुटा गुरुधाम नेपालका अध्यक्ष रेवती रमण अधिकारी र स्थानीय समाजसेवी शिव प्रसाद पौडेल, नृत्य निर्देशक महेश गोदार लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम स्थानीय तथा समाजसेवी शंकर प्रसाद दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो भने सहयोगीहरुमा तेज गम्बिर थापा र शिपाकर के सि को सहभागिता रहेको थियो ।

नियमित वार्षिक रुपमा गर्ने कार्यक्रम अन्तर्गत यो बृक्षारोपण कार्यक्रम पनि एक रहेको र हरेक ठांउमा यी लगायतका अन्य कार्यक्रमा पनि गर्दै आएको कार्यक्रमका संयोजक तथा स्थानीय समाजसेवी शंकर दुलालले तेजनेपाललाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *